नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३६ अकंले बढेर २८३८.४० बिन्दुमा बन्द भएको छ । ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.३८ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१६ प्रतिशतले सेयरमूल्य घटेको छ । शुक्रबार १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोपावर कम्पनी, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनकिा लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस