Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : १८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं–बैंकले सार्वजनिक गरेको आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. २६ करोड ४३ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८ दशमलव ४४ प्रतिशतले बढी हो । सञ्चालन नाफा २८ प्रतिशलते र खुद व्याज आम्दानी २१ प्रतिशतले बढेपछि बैंकको नाफा बढेको हो

सोही अवधिमा बैंकको चुक्तापूँजी ६९ प्रतिशतले बढेर रू. २ अर्ब ५९ करोड र रिजर्भ कोषको रकम ४४ प्रतिशतले बढेर रू. ६४ करोड १४ लाख पुगेको छ ।बैंकको लगानी रू. ४९ करोड २४ लाख रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ ।

वर्गिकरणः विकास बैंक
पछिल्लो व्यापार मूल्यः रू. ४०७
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १६५७
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४००
१८० दिनको भारित औसत मूल्यः रू. ५०१.२१

कम्पनीका महत्वपूर्ण अनुपात

अध्यक्षः खिम प्रकाश मल्ल

सञ्चालकहरुः
नारायण कुमार श्रेष्ठ
नारायण प्रसाद पौडेल
गजेन्द्रमान श्रेष्ठ
चुडामनी कडेल

व्यवस्थापन समूहः
प्रमुख कार्यकारी अधिकृतः भरत राज ढकाल
प्रधान कार्यालयः कमलादी, काठमाडौं
वेबसाइटः www.muktinathbank.com.np
शाखा र एक्सटेन्सन काउण्टरः ७३
स्टक सङ्केतः एमएनविविएल

विगत ५ वर्षको बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १४ दशमलव ८८ प्रतिशतबाट घटेर १० दशमलव २० प्रतिशतमा सिमित भएको छ ।
  • बैंकले दोस्रो त्रैमाससम्ममा रू. २१ अर्ब ७३ करोड ९३ लाख निक्षेप सङ्कलन गरी रू. १९ अर्ब ३३ करोड ४९ लाख कर्जा प्रवाह गरेको छ ।
  • खुद ब्याज आम्दानी रू. ५५ करोड ८२ लाख, कर्मचारी खर्च रू. १५ करोड ९९ लाख, अन्य सञ्चालन नाफा रू. १३ करोड ७० लाख र सञ्चालन नाफा रू. ४० करोड ४६ लाख पुगेको छ ।
  • बैंकको स्थिर सम्पत्ति ३३ प्रतिशतले बढेर रू. ४३ करोड ८० लाख पुगेको छ भने अन्य सम्पत्ति १ सय ५६ दशमलव ५६ प्रतिशतले बढेर रू. १५ करोड २७ लाख रहेकोे छ ।
  • सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड २९ लाख छुट्याएको छ भने पूँजीकोष लागत ८ दशमलव ३ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ दशमलव ८८ प्रतिशत रहेको छ ।
  • बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात २६ दशमलव २२ प्रतिशत, प्रतिशेयर आम्दानी(वार्षिक) रू. २० दशमलव ४, मूल्य आम्दानी अनुपात(वार्षिक) २० दशमलव ५९, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ९ सय ९८ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १ सय २४ दशमलव २५ रहेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको ३ गुणा छ ।

प्राविधिक विश्लेषण

  • खरीद चापः बैंकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी छ । सो अवधिसम्म ४ हजार ९ सय ७८ कित्ता शेयर खरीद र ४ हजार ५ सय १८ कित्ता विक्री गर्ने माग थियो ।
  • बिहीवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

१४ डिसेम्बर २०१७                                                                                                                                           १५ मार्च २०१८

स्ट्याण्डर्ड डेभिएशन

१४ डिसेम्बर २०१७                                                                                                                                                १५ मार्च २०१८

आरएसआई

१४ डिसेम्बर २०१७                                                                                                                                               १५ मार्च २०१८

मुभिन एभरेज

१४ डिसेम्बर २०१७                                                                                                                                             १५ मार्च २०१८

  • मैनबत्ती विश्लेषणः बैंककोे ५७ दिनको कारोबारमा अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत दखाउँछ ।
  • आरएसआईः बैंकको ५७ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (४० दशमलव ९२ स्केल)मा छ । यसले खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
  • स्ट्याण्डर्ड डेभिएशनः बैंकको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ६३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
  • मुभिङ एभरेजः बैंकको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य रेखा १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. ४ सय ७ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. ४ सय ३७ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ४ सयमा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको