अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल ९गौतम०को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो ।
बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।
यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पुर्याएको व्यक्तित्व हुनुहुन्छ ।
यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस