अर्थ संसार, काठमाडौं– सल्यान  जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी आज नष्ट गरेको छ ।
करीव एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो ।
जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताउनुभयो ।
अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले वताउनुभयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस