Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले गरे तेस्रोपटक मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ? (सूचिसहित)

शुक्रबार, ०२ चैत्र २०७४, १९ : १० मा प्रकाशित

ओलीले गरे तेस्रोपटक मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?  (सूचिसहित)

अर्थ संसार, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार  गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।

आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री,पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री,रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलो पटक नेकपा९एमाले०का तर्फबाट लालबाबु पण्डितलाई विज्ञान तथा प्रविधि र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको