Like us!
Follow us!
Connect us!
Watch us!

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाइते

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, १४ : ४० मा प्रकाशित

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाइते

प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । 

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको