Like us!
Follow us!
Connect us!
Watch us!

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १० : १७ मा प्रकाशित

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा

एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ  बाँडफाँड सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक हिमालयन क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड आज सम्पन्न गरेको हो । कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ जारी गरेको थियो। जसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।

बिक्री खुला अवधिभर २७ लाख ७१ हजार १८ जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ११७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। बाँडफाँडमा ७८ हजार २० जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन् भने २६ लाखभन्दा बढीको हात रित्तो भएको छ। 

यसरी हेर्नुहोस् नतिजा

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://himalayancapital.com/ipofpo-allotment  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको