नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १६० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस