Like us!
Follow us!
Connect us!
Watch us!

इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानको कुटनीतिक पहल

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १० : ४० मा प्रकाशित

इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानको कुटनीतिक पहल

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले दिगो शान्तिका लागि इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद समाधान गर्न हरेक तहमा निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन् । गृहमन्त्री मोहसिन नक्भीले बिहीवार यसबारे जानकारी दिएका हुन् ।

इरानमाथि अमेरिका र इजरायले संयुक्त रुपमा आक्रमण गरेका थिए । पाकिस्तानको कसमन्वयमा केही समयका लागि युद्धविराम भएको छ । तर स्थायी युद्धविराम गराउन पाकिस्तानले कुटनीतिक पहल गरिरहेको उनले बताए ।

इस्लामाबादस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत नताली ए. बेकरसँगको भेटमा नक्भीले दुवै पक्षले कूटनीति र शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको