Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको लकइन अवधि सकियो, भोलिदेखि कारोबार खुल्ने

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १० : ०६ मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको लकइन अवधि सकियो, भोलिदेखि कारोबार खुल्ने

मेन्छियाम हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयरको लकइन अवधि समाप्त भएको छ भने यी सेयर भोलिदेखि कारोबार खुल्ने भएका छन् ।

कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरूको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता सेयरको लइकन अवधि वैशाख १२ गते समाप्त भएको हो ।

उक्त सेयरको तीन वर्षदेखि लागेको लकइन अवधि समाप्त भएसँगै भोलि सोमबारदेखि कारोबार खुल्ने भएको छ । यद्यपि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको भने नियमानुसार सेयर रोक्का रहनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको