Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नाफा दोब्बरले वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, ०७ : ४० मा प्रकाशित

ज्योति विकास बैंकको नाफा दोब्बरले वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

ज्योति विकास बैंक लिमिटेडको नाफामा दोब्बरको वृद्धि देखिएको छ ।  बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने ५२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ७९ पैसा बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ ।
४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको