Like us!
Follow us!
Connect us!
Watch us!

कावेली इनर्जीले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १२ : ५२ मा प्रकाशित

कावेली इनर्जीले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

कावेली इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारणसभा जेठ ३ गते थापाथलीस्थित ट्रेड टावरको दोश्रो तल्लामा दिउँसो १ बजे बोलाएको हो । 

उक्त सभाले आईपीओ निष्काशन गर्ने, निर्माणाधीन कावेली–ए जलविद्युत आयोजनामा आवश्यक पूँजी जुटाउन र आईपीओ जारी गर्न पूँजी बढाउनु पर्ने भएकोले यसका लागि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सोही साधारणसभाले टुङ्ग्याउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको