Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, साढे १ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १३ : १० मा प्रकाशित

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, साढे १ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन घटेको बजार आज भने १.५४ अंकले बढेर कारोबार भएको हो । 

आजको कारोबार पछि सेयर बजार परिसूचक २७८८.७० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४८६.०७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको सेयर मूल्य बढेको छ । 

परिसूचक सामान्य बढेको दिन सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर ७५ हजार २२९ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको