Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा डरको माहोल - २८६६ बाट २७८८ को विन्दुमा झर्यो बजार, कारण के ?

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १६ : ३१ मा प्रकाशित

नेप्सेमा डरको माहोल - २८६६ बाट २७८८ को विन्दुमा झर्यो बजार, कारण के ?

नयाँ वर्ष २०८३ सुरु भएदेखि नै नेप्से परिसूचक लगातार रुपमा ओरालो यात्रामा रहेको छ । वर्षको पहिलो कारोबार हुने दिन वैशाख २ गते उच्च अंकले बढेको बजार त्यस पछि भने लगातार घटीरहेको हो । 

वैशाख २ गते ३३.६६ अंकले बढेको बजार त्यस पछिको अर्को कारोबार दिन वैशाख ३ गते ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेको हो । नयाँ वर्षको पहिलो कारोबार दिनको तुलनामा आज (शुक्रबार) सेयर बजारमा ७८.१८ अंकको गिरावट आएको छ । वैशाख २ गते २८६६.८८ विन्दुमा बन्द भएको सेयर बजार आज वैशाख ११ गते घटेर २७८८.७० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारको कारोबार पनि करिब ५ अर्ब बढीको गिरावट आएको छ । वैशाख २ गते १० अर्ब ५३ करोड माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब २७ करोड रुपैयाँ बढीको मात्रै कारोबार भएको छ । 

नयाँ वर्षको ८ कारोबार दिनमध्ये सेयर बजार वैशाख २ गते, ४ गते र (आज) ११ गते मात्रै बजार बढेको छ । अन्य दिन भने लगातार रुपमा बजार घटेर कारोबार भएको छ । यो हप्ताको पाँच कारोबार दिन मात्रै बजार ४९.७० अंकले घटेको छ । वैशाख चार गतेको कारोबार बन्द हुँदा २८३८.४० विन्दुमा बन्द भएको सेयर बजार आजको कारोबार बन्द हुँदा २७८८.७० विन्दुमा पुगेको छ । 

सरकारकाले पछिल्लो समय व्यवसायीहरु माथि धरपकड गरेको र लगानीकर्तामा पनि त्रास फैलिएकाले बजार घटेको लगानीकर्ताहरुले बताउँने गरेका छन् । बजार घटबढ स्वभाविक भए पनि निरन्तर रुपमा घट्दा बजारका लागनीकर्ता निर्क प्यानिक अवस्थामा रहेको ती लगानीकर्ताको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको