नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५८ हजार १५६ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी सुवाष भट्टराईको ४८ हजार ६५६, माधव प्रसाद अधिकारीको २ हजार र श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनु पर्ने प्रावधान बमोजिम कम्पनीले ३५ दिनको अवधि दिएको थियो । तर, त्यस अवधिसम्म उक्त सेयर बिक्री नभएपछि अब भने सर्वसाधारणका लागि खुला गरेको हो ।
सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यही वैशाख २२ गतेभित्र काभ्रेपालञ्चोकको बनेपा–१० स्थित नेशनल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बैंकिङ्ग समयभित्र आवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस