Like us!
Follow us!
Connect us!
Watch us!

गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक गर्दै ट्रम्पले भने - गुप्तचर सेवाले मेरो ज्यान बचायो

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १० : २७ मा प्रकाशित

गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक गर्दै ट्रम्पले भने - गुप्तचर सेवाले मेरो ज्यान बचायो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति निवास) मा शनिबार राति पत्रकारहरूसँग रात्रिभोज गरिरहेका बेला बाहिर नजिकै गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आक्रमणकारीको तस्बिर भनेर राखेको व्यक्ति क्यालिफोर्नियाका बासिन्दा कोल थोमस एलेन भएको बताइएको छ। 

शनिबार राति ह्वाइट हाउसमा ‘ह्वाइट हाउस कोरेसपोन्डेन्ट्स एसोसिएसन’ले आयोजना गरेको पत्रकार र राजनीतिकर्मीको विशेष वार्षिक कार्यक्रम ‘कोरेसपोन्डेन्ट्स डिनर’ चलिरहेका बेला बाहिर नजिकै गोली चलेको हो। जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै उनकी श्रीमती मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी उपस्थित थिए।

समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले होटलको बलरुम बाहिर गोली चलाएका थिए। जतिबेला ट्रम्पसहित सहभागीहरू भित्र थिए।
आक्रमणको करिब डेढ घण्टापछि ट्रम्पले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘अमेरिकाको संविधानमाथि आक्रमण भएको छ। सिक्रेट सर्भिस (गुप्तचर सेवा) ले मेरो ज्यान बचायो। सुरक्षाकर्मीहरूले साहसपूर्वक काम गरे। गोली लागेका अधिकारी सुरक्षित छन्। उनले बुलेटप्रुफ भेस्ट लगाएका थिए। आक्रमणकारीसँग शक्तिशाली बन्दुक थियो।’

तर लगत्तै सुरक्षाकर्मी आएर गोली हान्ने व्यक्तिलाई पक्राउ गरेको ट्रम्पले बताएका छन्। ह्वाइट हाउसभित्र पत्रकारहरूसँग डिनरसँगै कुराकानी गरिरहेका बेला बाहिर नजिकै गोलीको आवाज सुनिएपछि ट्रम्पलाई गुप्तचर सेवाको टोलीले हतार हतार सुरक्षित स्थानमा लगेको थियो भने अन्य सहभागीको भागाभाग भएको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको