Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्वमा ठूलो मानवीय संकट, अमेरिका–इरानबीचको युद्धमा ६ हजारभन्दा बढीको मृत्यु

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १३ : १९ मा प्रकाशित

मध्यपूर्वमा ठूलो मानवीय संकट, अमेरिका–इरानबीचको युद्धमा ६ हजारभन्दा बढीको मृत्यु

अमेरिका–इजरायल र इरानबीचको हालको युद्धले मध्यपूर्व क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ । अल ज जिराका अनुसार यस संघर्षमा हजारौँ मानिसले ज्यान गुमाएका छन् र लाखौँ प्रभावित भएका छन् । इरानमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ करिब ३ हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ। यसमा बच्चा, महिला र वृद्धहरू समेत परेका छन् ।

त्यसैगरी लेबनानमा पनि ठूलो मानवीय संकट देखिएको छ, जहाँ करिब २ हजार २९४ जनाको ज्यान गएको छ र लाखौँ मानिस विस्थापित भएका छन्।
खाडी क्षेत्रका अन्य देशहरूमा पनि आक्रमणका असर देखिएका छन्। बहराइनमा ३ जना, इराकमा ११८ जना, ओमानमा ३ जना, कतारमा २० जना, साउदी अरबमा ३ जना र संयुक्त अरब इमिरेट्समा १२ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । कुवेतमा पनि घटनामा ७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

यसैबीच, इजरायलमा करिब २६ जना र संयुक्त राज्य अमेरिकामा १३ सैनिकको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यो युद्धले केवल सैन्य क्षति मात्र नभई नागरिक जीवनमा पनि गहिरो असर पारेको छ। अस्पताल, घर, पूर्वाधार र ऊर्जा प्रणालीमा क्षति पुगेको छ, जसले गर्दा जनजीवन थप कठिन बनेको छ। साथै, युद्धका कारण क्षेत्रीय अस्थिरता बढ्दै गएको र कूटनीतिक प्रयासहरू चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको