Like us!
Follow us!
Connect us!
Watch us!

निलम्बनमा परेका एन्फा पदाधिकारीलाई विदेश जान रोक

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १४ : ५० मा प्रकाशित

निलम्बनमा परेका एन्फा पदाधिकारीलाई विदेश जान रोक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको हो ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको