Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, २१ : १४ मा प्रकाशित

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका समिति गठन गरिएको हो । 

नियमित रुपमा पूर्णकालीन काम नहुँदा प्राधिकरणमा नियामनको कैयौं कामहरु अलपत्र परेको छ । डा. गुणाकर भट्टको संयोजकत्वममा बनेको समतिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये सरकारले एक जनालाई चार बर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको