Like us!
Follow us!
Connect us!
Watch us!

३ खर्ब १४ अर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा , कुन क्षेत्रको कति ?

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १३ : ३८ मा प्रकाशित

३ खर्ब १४ अर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा , कुन  क्षेत्रको कति ?

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ३ खर्ब १४ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ३ खर्ब १४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । 

केन्द्रीय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको फागुन मसान्तसम्मा ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख निक्षेप संकलन गरी ५८ खर्ब ४ अर्ब ४० करोड ७० लाख कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा प्रवाह मध्ये ५.४२ प्रतिशत अर्थात् ३ खर्ब १४ अर्ब ५९ करोड खराब कर्जा रहेको छ । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख कर्जा प्रवाह गरेको थियो । उक्त कर्जा प्रवाह मध्ये ४.९२ प्रतिशत खराब कर्जा रहेको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा प्रवाहमध्ये खराब कर्जा ५.२६ अर्थात् २ खर्ब ७१ अर्ब ४९ करोड रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड कर्जा प्रवाह गरेका थिए । जसमध्ये ४.७३ प्रतिशत खराब कर्जा रहेको थियो ।

त्यस्तै विकास बैंकहरुले चालू आवको फागुन मसान्तसम्म कुल ६ खर्ब २९ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५ खर्ब ३८ अर्ब ६७ करोड १० लाख कर्जा प्रवाह गरेको छ । उक्त प्रवाह गरेको कर्जामध्ये ५.७५ प्रतिशत अर्थात् ३२ अर्ब ६९ करोड खराब कर्जा देखिएको छ । गत आवको सोही अवधिमा विकास बैंकहरूले ६ खर्ब २ अर्ब ५ करोड २० लाख निक्षेप संकलन गरी ५ खर्ब १४ अर्ब २६ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो भने खराब कर्जा ५.११ प्रतिशत रहेको थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आवको फागुन मसान्तसम्ममा १ खर्ब ३७ अर्ब १५ करोड ४० लाख निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ३० करोड ४० लाख कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाहमध्ये खराब कर्जा ११.८६ प्रतिशत अर्थात् १२ अर्ब ३७ करोड रहेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ खर्ब २६ अर्ब ५० लाख निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६४ करोड ३० लाख कर्जा प्रवाह गर्दा १२.८५ प्रतिशत खराब कर्जा रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको