नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २७७०.२६ बिन्दुमा बन्द भएको छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५३ करोडको कारोबार भएको हो ।
आज १२ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको १.२२ प्रतिशत। होटल तथा पर्यटन समूहको २.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशतले सेयरमूल्य बढेको छ ।मंगलबार ४२ कम्पनीको सेयरमूल्य बढेको भने २१३ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयरमूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै पाल्पा सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस