Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको अपिल – ‘निक्षेपकर्ता, सेयरधनी र ग्राहकहरु निश्चिन्त हुनुहोस ’

आइतबार, ०४ चैत्र २०७४, ११ : ४२ मा प्रकाशित

एनसीसी बैंकको अपिल – ‘निक्षेपकर्ता, सेयरधनी र ग्राहकहरु निश्चिन्त हुनुहोस ’

अर्थ संसार, काठमाडौं–  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आज सूचना प्रकाशित गरी  आफ्ना निक्षेपकर्ता, सेयरधनी र ग्राहकलाई निश्चिन्त रहन  आह्वान गरेको छ ।

 एनसीसी बैंकमा गाभिनुुपूर्व नै एपेक्स डेभलपमेन्ट बैंकमा भएको धोकापूर्ण कर्जा बिस्तारका कारण सीआइबीले अनुसन्धान थालेको र सो क्रममा साबिक रोयल मर्चेन्ट, अपी फाइनान्स र रारा विकास बैंक गाभिई बनेको एपेक्स डेभलपमेन्ट बैंकले गरेको कर्जासँग सम्बन्धित रहेको भन्दै भ्रममा नपर्न उसले सबैमा अपील गरेको हो ।

 तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका विभिन्न शाखाहरुबाट अनियमित रुपमा कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याउने साबिक एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध १३ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको समेत थप प्रष्ट पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको