Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, १६ : ५१ मा प्रकाशित

सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

सिद्धार्थ क्यापिटल लिमिटेडले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) पदका लागि कर्मचारी माग गरेको छ । सहायक तहको यस पदमा एक जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।

यसका लागि नेपाली पूँजी बजारको गहिरो अध्ययन तथा विश्लेषण गर्ने, समष्टिगत आर्थिक सूचक, उद्योगगत प्रवृत्ति र नियामकीय परिवर्तनबारे अद्यावधिक रहनु पर्नेछ। साथै अनुसन्धान टोलीसँग सहकार्य गर्दै लगानी रणनीति निर्माण गर्ने, कम्पनीहरूको आधारभूत तथा प्राविधिक विश्लेषण गरी उपयुक्त लगानी गर्न निर्णय लिन सहयोग गर्नु पर्नेछ ।

त्यसैगरी ग्राहकको लगानी उद्देश्यअनुसार पोर्टफोलियो निर्माण, व्यवस्थापन गर्ने, ग्राहकसँग नियमित समन्वय राखी सम्बन्ध सुदृढ बनाउने तथा दैनिक पोर्टफोलियो व्यवस्थापनसम्बन्धी कार्यहरू सञ्चालन समेत गर्नु पर्नेछ । यसका लागि फाइनानस, अर्थशास्त्र, एकाउन्ट वा गणित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पोर्टफोलियो म्यानेजरको रूपमा कम्तीमा एक वर्षको अनुभव, विश्लेषणात्मक तथा परिमाणात्मक क्षमता, नेपाली पूँजी बजार र समष्टिगत अर्थतन्त्रबारे राम्रो बुझाइ आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त एमएस एक्सेल, वर्ड र पावरपोइन्ट जस्ता सफ्टवेयरमा दक्षता, उत्कृष्ट सञ्चार तथा प्रतिवेदन लेखन सीप र एकल तथा समूहमा काम गर्ने क्षमता पनि आवश्यक रहेको कम्पनीले जनाएको छ। तोकिएको योग्यता पुगेको इच्छुक व्यक्तिले वैशाख २७ गतेभित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनु पर्नेछ ।


 

69f87ea41829e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको