Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी, सदस्यमा को को भए विजयी ?

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, ०७ : ५७ मा प्रकाशित

महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी, सदस्यमा को को भए विजयी ?

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

निर्वाचनमा खसेको कुल मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन् । मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् । विजयी हुने उमेदवारहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरेले जितेका छन् ।

४ जनाको भने मत बराबरी (५०–५० मत )भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् । वस्तुगत समूहका महिला सदस्यमा सुनिता न्हेम्हाफुकी बिजयी भइन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको