Like us!
Follow us!
Connect us!
Watch us!

सोसलिष्ट इन्टरनेशनलद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १९ : १४ मा प्रकाशित

सोसलिष्ट इन्टरनेशनलद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

विश्वका समाजवादी र प्रजातान्त्रिक शक्तिहरूको छाता संगठन सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।

८३ देशका ९१ राजनीतिक पार्टी सदस्य रहेको संगठनले हालै वक्तव्य जारी गर्दै भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा राजनीतिक नेतामाथि भएको हिंसात्मक घटनाको निन्दा गरेको हो।

सोसलिष्ट इन्टरनेशनलका अध्यक्ष पेद्रो साञ्चेज पेरेस–कास्तेजोनले वक्तव्यमार्फत घटनाबारे चिन्ता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण, पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

संगठनले नेपालजस्तो प्रजातान्त्रिक व्यवस्थामा हिंसा समाधान नहुने भन्दै संवादमार्फत तत्काल राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएको छ। साथै, यस कठिन घडीमा आफ्नो सदस्य पार्टी नेपाली कांग्रेसप्रति ऐक्यबद्धता प्रकट गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको