Like us!
Follow us!
Connect us!
Watch us!

निजामती कर्मचारीका ८ र स्वास्थ्यका ४ ट्रेड युनियनको दर्ता खारेज

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १७ : ३२ मा प्रकाशित

निजामती कर्मचारीका ८ र स्वास्थ्यका ४ ट्रेड युनियनको दर्ता खारेज

सरकारले सरकारी कर्मचारी र स्वास्थ्यकर्मीका १२ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार एक सूचना जारी गर्दै ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीका संगठनहरूको वैधानिकता खारेज गरेको हो।

खारेजीमा पर्ने प्रमुख निजामती संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, र नेपाल मधेशी निजामती कर्मचारी मञ्च रहेका छन्। त्यसैगरी एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनको दर्ता पनि खारेज भएको छ। स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन विभागले खारेज गरेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको