स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकमा उत्साहजनक वृद्धि देखिएको हो।
चैत मसान्तसम्म कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको चैत मसान्तसम्म कमाएको १६ करोड २ लाख रुपैयाँको तुलनामा ३१.२० प्रतिशतले बढेको हो । आम्दानीमा वृद्धि भएको कारण कम्पनीको नाफा बढ्न पुगेको हो । आम्दानीतर्फ हेर्दा कम्पनीको खुद ब्याज आम्दानी ४३ करोड ८६ लाख रुपैयाँबाट २२.७३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ५१ करोड ३० लाख रुपैयाँबाट २१.३४ प्रतिशतले बढेर ६२ करोड २४ लाख रुपैयाँ नाघेको छ ।
यता कम्पनीको सञ्चालन मुनाफा २१ करोड ११ लाख रुपैयाँबाट ३९.३२ प्रतिशतले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १७ करोड ८ लाख रुपैयाँबाट २५.६० प्रतिशतले बढेर २१ करोड ४६ लाख रुपैयाँ नाघेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी ३०.९३ रुपैयाँबाट सामान्य बढेर ३१.३० रुपैयाँ पुगेको छ भने खराब कर्जा ५.३९ प्रतिशतबाट बढेर ७.०१ प्रतिशत पुगेको छ । बेसरेट ११.८९ प्रतिशत रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.०३ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस