Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलको हिसाब–किताबबारे नियोजित मिडियाबाजी भयो : पारस खड्का

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, २१ : ०२ मा प्रकाशित

एनपीएलको हिसाब–किताबबारे नियोजित मिडियाबाजी भयो : पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यान र नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबबारे नियोजित रूपमा मिडियामा हल्ला फैलाइएको आरोप लगाएका छन् । विराटनगरमा आयोजित क्यानको साधारणसभामा सहभागी हुन पुगेका उनले बेनामी रूपमा उजुरी दिने र अनावश्यक भ्रम सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे । क्यानले सबै आवश्यक कागजात सम्बन्धित निकायमा बुझाइसकेको उनको दाबी छ ।

खड्काले भने, ‘हिसाब–किताब चाहने सदस्यहरूलाई कार्यालयमै आएर कागजात हेर्न आह्वान गरिएको छ । तर संस्थाका गोप्य डकुमेन्टहरू इमेलमार्फत जथाभाबी पठाउने प्रावधान छैन । यसमा आत्तिनुपर्ने कुनै कारण छैन । क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप छैन र संस्था एक ढिक्का भएर अगाडि बढिरहेको छ । एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले कदर गर्नु पर्छ ।’

खड्काले तल्लो मूलपानी क्रिकेट मैदानलाई क्यानको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । त्यस्तै, विराटनगरको बैजनाथपुर मैदानको विकासका लागि प्रदेश सरकारसँग सहकार्य भइरहेको उनले बताए । नेपालको प्राथमिकता ओडिआई मान्यता जोगाउँदै आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) बन्ने दिशामा केन्द्रित रहेको पनि उनले स्पष्ट पारे ।

दुई दिनसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । सभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ । पछिल्लो १० महिनादेखि नवीकरण नगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषय यसपटकको साधारणसभाको प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । क्यानले यसअघि २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको