Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रमार्फत अर्थतन्त्र गतिशील बनाउँछौँ - अर्थमन्त्री वाग्ले

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, २१ : २५ मा प्रकाशित

ऊर्जा क्षेत्रमार्फत अर्थतन्त्र गतिशील बनाउँछौँ - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रको विकासमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरूसँगको भेटका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले सरकारको योजना अनुसार ऊर्जा क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट पारे।  उनले भने ,‘सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ।'

सरकारले ऊर्जा क्षेत्रमा लगानीकर्ताको सक्रिय साथ चाहेको उल्लेख गर्दै मन्त्रीले लगानीकर्ताले पनि उच्च व्यावसायिकता र इमान्दारितासहित काम गर्नुपर्ने बताएका छन्। ऊर्जा क्षेत्रमा गरिएको लगानीको प्रभाव देखिने गरी काम गर्न उनले आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको