साहस ऊर्जाको नाफा ४१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ८३ करोड ४१ लाख रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घटेसँगै नाफामा सकारात्मक प्रभाव देखिएको हो । कम्पनीको बिक्री आम्दानी गत आव तेस्रो त्रैमाससम्म २ अर्ब १४ करोड रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै घट्दो बैंक ब्याजदरका कारण कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आव तेस्रो त्रैमाससम्म ६२ करोड ९८ लाख रुपैयाँ रहेकोमा यो आवको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा बढाउन टेवा पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३४.४८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७६.७४ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस