Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जआईसीको नाफामा गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

अर्थ संसार

मंगलबार, २९ बैशाख २०८३, १० : ५८ मा प्रकाशित

सानिमा जआईसीको नाफामा गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा भारी गिरावट देखिएको हो । 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले जम्मा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन भने बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४९ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै कुल बीमा शुल्क पनि बढेर १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी ९० करोड १० लाख रुपैयाँमा झरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको कुल खर्च ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ जबकि अघिल्लो वर्ष यस्तो खर्च ६९ करोड २८ लाख रुपैयाँ थियो।

कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) उल्लेख्य रूपमा घटेको छ । गत वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस घटेर अहिले ३ रुपैयाँ १९ पैसामा सीमित भएको छ। प्रति सेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५५ दशमलव ५ गुणा कायम भएको छ । वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति ८ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष पनि बढेर १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा ७७ करोड ५२ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको