सिटिजन लाइफको नाफामा सामान्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा झिनो सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३६ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीको नाफा ३५ करोड ७४ लाख रुपैयाँ रहेको थियो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा ०.६७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४ अर्ब ५५ करोड पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ३६.२७ प्रतिशतले बृद्धि भएको हो । गत आवको यस अवधीमा जम्मा १८ अर्बको जीवन बीमा कोष रहेको थियो ।
कम्पनीको समग्र आय १९.७८ प्रतिशतले बृद्धि भई ७ अर्ब ५६ करोड नाघेको छ । अघिल्लो आवको यसै अवधीमा कम्पनीको खुद आय छ अर्ब ३१ करोड रुपैयाँ मात्र रहेको थियो । कम्पनीले समीक्षा अवधीमा २०.९२ प्रतिशत खर्च बृद्धि भएको छ । अघिल्लो आवमा पाँच अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले यस आवको नौ महिनाको अवधीमा सात अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । सो खर्च कम्पनीले व्यवसाय प्रबद्र्धन, कर्मचारी खर्च र अन्य खर्चमा आएको बृद्धिबाट भएको देखिन्छ ।
सिटिजन लाइफको जारी बीमा पोलिसी संख्या भने घटेको छ । गत बर्ष १० लाख १५ हजार बीमा पोलिसी कायम रहेकोमा चालु आवको ९ महिनामा ७ लाख ८८ हजार वटा बीमा पोलिसी कायम भएको देखिएको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ रहेको छ । गत बर्ष ९.५४ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.१७ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस