Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको नाफामा ५५ प्रतिशतको गिरावट, इपीएस कति ?

अर्थ संसार

मंगलबार, २९ बैशाख २०८३, ११ : ४३ मा प्रकाशित

नेको इन्स्योरेन्सको नाफामा ५५ प्रतिशतको गिरावट, इपीएस कति ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । 

कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्म ३६ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्म आइपुग्दा ५५.६१ प्रतिशतले घटेर १६ करोड ३९ लाख रुपैयाँमा झरेको छ । यता खुद बीमाशुल्क आम्दानी पनि १ अर्ब २२ करोड ७९ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब २२ करोड ७० लाख रुपैयाँमा झरेको हो । यद्यपि कम्पनीको निर्जीवन बीमाकोष भने ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँबाट ४५ प्रतिशतले बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ प्रतिशतले घट्दा कुल खर्च २० प्रतिशतले बढ्न पुगेको छ । प्रतिसेयर आम्दानी पनि २४.४७ रुपैयाँबाट १७.७४ रुपैयाँमा झर्दा प्रतिसेयर नेटवर्थ २२३.११ रुपैयाँ कायम रहेको छ । चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको वित्तीय विवरणले देखाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको