Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार लगातार दोस्रो दिन पनि घट्यो, कारोबार रकम ३ अर्ब भन्दा कम

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १५ : १४ मा प्रकाशित

सेयर बजार लगातार दोस्रो दिन पनि घट्यो, कारोबार रकम ३ अर्ब भन्दा कम

बुधबार सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेको हो । 

आज सेयर बजार परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीहरुको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.७० अंकले घटेर ४६७.५५ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ । 

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा ३ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । आज ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक खरिद बिक्री हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको