Like us!
Follow us!
Connect us!
Watch us!

एनआईएमबि बैंकको निमित्त सीईओमा महेश शर्मा

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, ११ : ०१ मा प्रकाशित

एनआईएमबि बैंकको निमित्त सीईओमा महेश शर्मा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ । बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका कारण निजले सम्पादन गर्ने सम्पूर्ण कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको