महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ८४ हजार ५३७ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।
कम्पनीका संस्थापक सेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको सेयर बिक्री गर्न लागिएको हो । निरू कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता गरी कुल ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ । इच्छुक जोकोही व्यक्ति तथा सङ्गठित संस्थाले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन् ।
शिलबन्दी बोलपत्र आज जेठ १ गतेदेखि पेश गर्न सकिन्छ भने आवेदन दिने अन्तिम समय जेठ ८ गते अपराह्न ३ बजेसम्म तोकिएको छ । आवेदन बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी काठमाडौंमा बुझाउनु पर्नेछ । बोलपत्र आवेदन फाराम २०० रुपैयाँ तिरेर नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । संस्थापक सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यसभन्दा बढी शेयर खरिद गर्न चाहनेले १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस