वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ९४५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १७३७
५२ हप्ताको न्युन व्यापार मूल्यः रू. ३०६
१८० दिनको औषत व्यापार मूल्यः रू. १३७६.१४
कम्पनीको महत्वपूर्ण अनुपात
व्यवस्थापन समूहः
अध्यक्षः अर्जुन पौडेल शर्मा
प्रमुख कार्यकारी अधिकृतः विजय बहादुर शाह
प्रधान कार्यालयः कमलादी, काठमाडौं
शाखाः २५
वेबसाइटः www.nepalinsurance.com.np
स्टक सङ्केतः एनआइसिएल
बीमाको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)
आधारभूत विश्लेषण
कम्पनीको आव २०७४/७५ र आव २०७३/७४ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलनाः
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १३ दशमलव १५ प्रतिशतबाट बढेर १४ दशमलव १६ प्रतिशत पुगेको छ । कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा २१ प्रतिशत बढेर ३१ करोड ४ लाख पुगेको छ ।
-
कम्पनीले ७ करोड ९० लाख आम्दानी गर्दा ३ करोड ६२ लाख खर्च भएको छ । कम्पनीको खुद चालू सम्पत्ती रू. २८ करोड ५७ लाख रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो ।
-
कम्पनीले दोस्रो त्रैमाससम्ममा ३८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । जारी रहेको बीमालेखको सङ्ख्या ३० हजार ५९ रहेको छ ।
-
कम्पनीले ७ जनालाई ११ करोड ९३ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ५८ जनालाई रू. ८४ करोड ५६ लाख भुक्तानी हुन बाँकी दाबी रहेको छ । साथै कम्पनीले बीमा बजारको धरातल र जोखिमको विश्लेषण, विविधिकरण, गुणस्तरिय व्यवसायको अभिवृद्धि गरी छिटो छरितो रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्ने तथा शाखा विस्तार गर्ने नीतिलाई निरन्तरता दिने रणनीति लिएको छ । यसबाट बीमितहरुलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम हुनेछ ।
-
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १३ दशमलव ५२, मूल्य आम्दानी अनुपात १ सय ५ दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रू. १ सय ९७ दशमलव ८४ रहेको छ । सोमवारको शेयर मूल्य नेटवर्थको गुणा छ ।
प्राविधिक विश्लेषण
खरीद चापः कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी रहेको छ । सो अवधिसम्म १ हजार ४५ कित्ता शेयर खरीद र ७ सय १७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
सोमवार भएको शेयर कारोबार विवरणः
मैनबत्ती विश्लेषणः
१८ डिसेम्बर २०१७ १९ मार्च २०१७
स्ट्याण्डर्ड डेभिएशन
१८ डिसेम्बर २०१७ १९ मार्च २०१७
आरएसआई
१८ डिसेम्बर २०१७ १९ मार्च २०१७
मुभिङ एभरेज
१८ डिसेम्बर २०१७ १९ मार्च २०१७
-
मैनबत्ती विश्लेषणः कम्पनीको ५५ दिनको करोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृती बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने बढ्ने कुनै पनि सङ्केत देखाउँदैन । लगानीर्ताहरुलाई पर्ख र हेरको अवस्था सृजना गर्दछ ।
-
आरएसआईः कम्पनीको ५५ दिनको करोबारमा ओभरसोल्ड जोन (२८ दशमलव २४ स्केल)मा छ । यसले विक्री बढेको देखाउँछ ।
-
स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५५ दिनको करोबारमा १० दशमलव ४५ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
-
मुभिङ एभरेजः कम्पनीको ५५ दिनको करोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य १४ दिने मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. ९ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महंगिएमा रू. १ हजार ६० मा प्रतिरोध पाउँछ भने सस्तिएमा रू. ९ सय ३३ मा टेवा पाउन सक्छ ।
प्रतिक्रिया दिनुहोस