Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको चैत १३ देखि ९ लाख २ हजार कित्ता सेयर लिलामीमा

मंगलबार, ०६ चैत्र २०७४, ११ : ४५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको चैत १३ देखि  ९ लाख २ हजार कित्ता सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं–  सांग्रिला डेभलपमेन्ट बैंकले चैत १३ गतेदेखि ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म हो । बैंकले पुस १७ गतेदेखि माघ २९ गतेसम्म १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

जसमा ११ हजार ७३२ जना आवेदकले ९९ लाख ६५ हजार ८०१ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार सबै हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो ।

यहाँबाट आवेन दिनुहोस्

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको विराटनगर, विरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको