अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच आज बैंकास्योरेन्सको सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
उक्त सम्झौता पत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोर प्रसाद लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस