Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, ०७ : ५५ मा प्रकाशित

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ ।राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । 

जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा ग¥यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश राज पुन्जाले २ विकेट लिए । आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे इडन गार्डेनमा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको