कम्पनीको पुस ७ गते सम्पन्न १३औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
 यससँगै कम्पनीले बीमा समितिले तोकेको भन्दा केही बढी चुक्तापूँजी (१ अर्ब ५ करोड) पुर्याएको छ । साथै, उक्त सभाले संस्थापक सेयरमध्ये २० प्रतिशत (कुल सेयरको १४ प्रतिशत) सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
यससँगै कम्पनीले बीमा समितिले तोकेको भन्दा केही बढी चुक्तापूँजी (१ अर्ब ५ करोड) पुर्याएको छ । साथै, उक्त सभाले संस्थापक सेयरमध्ये २० प्रतिशत (कुल सेयरको १४ प्रतिशत) सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- 
	कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ९ प्रतिशत वृद्धि गरी १९ करोड ६६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले १८ करोड १ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यस अवधिमा कम्पनीको पूँजी २९ प्रतिशत वृद्धि भएको छ ।
- 
	जगेडा ३८ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३२ लाख रहेको जगेडा यो त्रैमासमा १२ करोड ५३ लाखमा सीमित भएको छ ।
- 
	कुल बीमा शुल्क आर्जन रकम २१ प्रतिशत वृद्धि भएर १ अर्ब ६२ करोड ४१ लाख पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासको भन्दा १४ प्रतिशत वृद्धि भएर ८६ करोड ५९ लाख पुगेको छ ।
- 
	यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम १० प्रतिशत कम भएर ५१ करोड ९९ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ३५ करोड ८४ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ८२ प्रतिशत बढी हो ।
- 
	कम्पनीले ३४ सय ६५ ओटा बीमा दाबी भुक्तानीमार्फत ५१ करोड ९९ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । उसले अझै ४ हजार १ सय ६६ ओटा बीमा दाबीको ८६ करोड ८९ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
- 
	दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी (वार्षिक) ३७ दशमलव २० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ८६ दशमलव २२ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति मूल्य ३ सय ६५ दशमलव ४१ रुपैयाँ छ ।
निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीको पूँजी २९ प्रतिशत वृद्धि भएको छ तर, त्यसको तुलनामा खुद नाफामा आएको ९ प्रतिशत वृद्धिले कम्पनीको प्रतिशेयर आम्दानी १६ प्रतिशत कम हुन पुगेको देखिन्छ । बीमा शुल्क आर्जनमा आएको वृद्धिलाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।
प्राविधिक विश्लेषण : शिखर इन्स्योरेन्स घट्दो प्रवृत्तिमा

 
                 
                                 
                                 
                             
                                     
                                    




 
                                     
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                        _20251029154633.jpg) 
                                     
                                     
                                     
                                    _20251030085252.jpg) 
                                     
                                    
प्रतिक्रिया दिनुहोस