Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तार र बैकिङ कारोबारमा आक्रमक बन्दै जनता बैंक

बुधबार, ०७ चैत्र २०७४, ०८ : २८ मा प्रकाशित

शाखा विस्तार र बैकिङ  कारोबारमा आक्रमक बन्दै जनता बैंक

अर्थ संसार, काठमाडौं– बैंकहरु माझ छुट्टै स्थान बनाउन सफल जनता बैंक नेपाल लिमिटेड पछिल्लो समय शाखा विस्तार र बैकिङ कारोबारमा आक्रमक बनेको छ । त्यसै अनुरुप बैंकले २ शाखा र ५ शाखा रहित बैकिङ्गबाट कारोवार सुरु गरेको छ ।

बैकले  बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट मिति  चैत्र ५ गतेदेखिकारोवार सुरु गरिएको हो ।

साथै कैलालीजिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाटशाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको हो ।

बैंकले देश भरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

5ab1cba20e17a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको