Like us!
Follow us!
Connect us!
Watch us!

मुम्बई माथि काेलकाताकाे जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, ०७ : ०० मा प्रकाशित

मुम्बई माथि काेलकाताकाे जित,  प्लेअफमा पुग्ने सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार भएको खेलमा  कोलकाताले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो । 

इडेन गार्डेन्समा मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि मसिन पाण्ड्याले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै रोभन पावेलले ४० रनको पारी खेले । मुम्बइका लागि कोबिन बोसले सर्वाधिक ३ विकेट लिए । त्यस्तै दिपक चाहर, जसप्रित बुम्रा र एएम गजानफरले समान एक एक विकेट लिए । 

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कोबिन बोसले सर्वाधिक ३२ रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए । तिलक बर्माले २० रन बनाए भने अन्यले उल्लेख्य रन बनाउन सकेनन् । 

कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको