Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, ०८ : ०९ मा प्रकाशित

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,

सिद्धार्थ बैंक लिमिटेडले २ लाख ७२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।

आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त सेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको