धनकुटाबाट प्रतिनिधित्व गर्ने एमाले सांसद राजेन्द्र राईले बाँदर नियन्त्रणका विषयमा सरकार गम्भीर नभए सदन सञ्चालन गर्न कठिन हुने चेतावनी दिएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले धेरै सांसदहरूले यस विषयमा कुरा उठाए पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भनेका छन्,‘सबैभन्दा पहिला जनताको जीवनमा सबैभन्दा ठूलो समस्या बाँदर भएको छ । सात दिनभित्रमा सरकारले यस बारेमा जवाफ देओस् । अब सबै माननीयले कुरा उठाउनुहुन्छ सदन चल्न गाह्रो हुन्छ। मान्छेले बदमासी गर्यो भने प्रहरीले हात बाँधेर लैजान्छ । तर यहाँ बाँदरले नै सयौँ परिवारको बास उठाइसक्यो । जनताले दुःख गरेर लगाएको अन्नबाली जोगाउन सकेका छैनन् । जनताको जीवनसँग जोडिएको यो गम्भीर समस्यालाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस