Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी विश्वकप लिग २ : नेपालले आज अमेरिकासँग खेल्दै

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, ०७ : ५९ मा प्रकाशित

आईसीसी विश्वकप लिग २ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । 

नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले तथा तेस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा छ ।

एकदिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका १२ पटक खेलेका छन् । नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको