Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, ०८ : ४२ मा प्रकाशित

सानिमा बैंकको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

सानिमा बैंकले जारी गरिएको “८.२५% सानिमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर” (SANIMAPNP) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको कुल २ करोड कित्ता अग्राधिकार सेयर जेठ ७ गते नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयरको कुल चुक्ता मूल्य २ अर्ब रुपैयाँ बराबर रहेको छ ।

नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार “SANIMAPNP” संकेतमा सूचीकरण भएको यो अग्राधिकार सेयर जेठ ८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकले ८.२५ प्रतिशत प्रतिफलदर भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको हो । यस्तो सेयरबाट लगानीकर्ताले निश्चित प्रतिफल प्राप्त गर्ने व्यवस्था हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको