आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले जितका लागि ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।
नेपालका लागि डा. इशान पाण्डेले ८४ रनको पारी खेले । त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ४६ रन बनाए । ओपनर आशिफ शेखले ४३ रन बनाए भने कुशल भुर्तेलले २९ रनको योगदान दिए ।
अमेरिकाका लागि शुभम रञ्जने सर्वाधिक ३ विकेट लिए । त्यस्तै रुशिल उगारकर र मिलिन्द कुमारले समान १/१ विकेट लिए । अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा हरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस