Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : आरसीबी माथि हैदरावादको जित

अर्थ संसार

शनिबार, ०९ जेठ २०८३, ०७ : ५८ मा प्रकाशित

आईपीएल क्रिकेट : आरसीबी माथि हैदरावादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई हराएको छ । हैदरावादमा शुक्रबार भएको खेलमा हैदरावाद ५५ रनले विजयी भएको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए । २५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो ।

आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ रनरेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे पञ्जाव किङ्गस र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको