भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशिपमा विजयी शुरुआत गरेकाे छ । भारतकाे गाेवामा रहेकाे जवाहरलाल नेहरु रङ्गशालामा आज भएकाे उद्घाटन खेलमा नेपालले भूटानलाई १–० गाेलले हरायाे । नेपालकी गीता रानाले खेलकाे २३औँ मिनेटमा गरेकाे प्रहार भूटानी खेलाडीले राेक्ने क्रममा गाेलमा परिणत भएकाे हाे ।
प्रतियाेगिताकाे समूह चरणमा नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे आइतवार जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस